‘अम्फान’ आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा पर्ने, नेपालमा अप्रत्यक्ष प्रभाव

Avatar आदर्श समाज सम्वाददाता
जेठ ७, २०७७
amphan

बंगालको खाडीमा विकसित अम्फान नामक आँधी (चक्रवात) आज (बुधवार) भारत र बंगलादेशको सीमाको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान गरिएको छ।

भारत र बङ्गलादेशमा आँधीका कारण कैयौँ प्रमुख जलमार्गहरूमा सेवा अवरूद्ध बनेका छन् भने हजारौं हजार मानिसहरुलाई अन्यत्र सारिएको छ। अम्फान आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा पर्ने मौसमविदले बताएका छन्।

फाेटाेः Aj+

बङ्गलादेश मौसमविज्ञान विभागद्वारा मङ्गलबार जारी विशेष बुलेटिनमा अम्फानले पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ ।

अम्फानको प्रभाव बुधबार साँझसम्म रहने जनाइएको छ।

सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ।

उक्त आँधीले उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्ने बताइएको छ। बुधबार देखि तीन दिन सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा चैत्र ३१, २०७७
      पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले…
    • वायु प्रदूषणले आँखाका बिरामी बढ्दै   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २५, २०७७
      कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश…
    • देशभरि वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      काठमाडाैं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले…
    • मौसम धुम्मिँदा ४ दिनदेखि पोखराबाट उडान ठप्प

      Bijay Nepal विजय नेपाल चैत्र १६, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा हवाई सम्पर्क जोड्ने प्रतिबद्धता जनाएको २ वर्ष भयो । भरतपुर र भैरहवामा अहिले…
    • ‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      काठमाडौं ।  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने…

    hero news full width

    sanil ads

    wordlink ads