Worldlink ads

मंगलवार २७ सहित ४०२ पुगे कोरोना संक्रमित

लमजुङमा पनि देखिए कोरोना संक्रमित

एजेन्सी
जेठ ६, २०७७
pree

काठमाण्डौ, काठमाडौं उपत्यका सहिदे देशभर मंगलबार २७ जनामा कोरोना संक्रमित भेटिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी उपत्यका तीन जिल्लामा ५ र देशका अन्य जिल्लामा २२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ।मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads