आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम पारित

एजेन्सी
जेठ ६, २०७७
5e3bf61a6e177_media_council_bill

काठमाडौं, ६ जेठ । आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो ।

नीति तथा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ पनि दिएका थिए । चित्त नबुझेको भन्दै संशोधन प्रस्तावरु फिर्ता भएनन् ।ध्वनी मतले सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । जुन प्रस्ताव बहुमतले पारित भएको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

कोरोना संक्रमण फैलिएकै कारण यसवर्ष सरकारले स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ । कोभिड–१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज आउने अपेक्षा गरिएको छ । त्योसँगै शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरु ल्याउने योजना सरकारले घोषणा गरिससकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width