कालीगण्डकीमा युवतीको शव फेला

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
death1

पोखरा, ६ जेठ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ राजाको बजार नजिकै कालीगण्डकी नदीको बीच भागमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका– ३ निवासी ३२ वर्षीया विष्णु जैशी कालीगण्डकीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको शव मंगलबार बिहान ८.०० बजे स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width