मुख्यमन्त्री गुरूङसहित १४६ जनाको स्वाब संकलन

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
98597008_701252307113439_3012813463861854208_n

पोखरा, ६ जेठ । संसद बैठक सुरू हुने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित १ सय ४६ जनाको मंगलबार कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको छ ।

तीमध्ये प्रदेशका ६ मन्त्री, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । सो संकलन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गरिएको हो ।

सम्भावित जोखिमबाट बच्न संसद बैठक सुरु अगावै नमूना संकलन भएको हो । संसदमा सहभागी हुने सबै सांसद र कर्मचारीहरुको पनि परीक्षण हुनेछ। सभामुख सहित अन्य सांसदको बुधबार पोखरा सभागृहमा हुने जनाइएको छ।

यही जेठ ११ देखि संसदको बजेट अधिवेशन आह्वान गरिएको छ ।नदीपुरस्थित संसद भवनमा सामाजिक दुरी कायम गर्न कठिन भएकोले सभागृहलाई रंगरोगन र मर्मत सम्भार थालिएको छ ।गण्डकीमा ६० जना सांसदको प्रतिनिधित्व छ।

Related News

सम्बन्धित समाचार

hero news full width