नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

एजेन्सी
जेठ ५, २०७७
pree

काठमाडौं, ५ जेठ । एकैदिन ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width