बाँके जिल्लाका ४७ मा कोरोना पोजिटिभ

एजेन्सी
जेठ ५, २०७७
corona

पोखरा, ५ जेठ । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालयका अनुसार संक्रमित अधिकांश भारतबाट फर्किएका नेपाली छन् ।

शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width