अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे– राष्ट्रपति ट्रम्प

रासस
जेठ ५, २०७७
maxresdefault

वासिङ्टन , ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले भनेका छन् – अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन् – यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width