हेमजामा खोप कार्यक्रम सुरु

Avatar आदर्श समाज सम्वाददाता
जेठ ५, २०७७

हेमजा, ५ जेठ ।हेमजा स्वास्थ्य चौकीद्वारा संचालित नियमित खोप कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।पहिलो दिन स्वास्थ्य चौकी भवन साझा चोकमा कार्यक्रम गरिएको हो ।

जुन अनलाइन डाटा इन्ट्री प्रणालीद्वारा सम्पन्न गरियो।त्यस्तै सोमवार(आज) लामाचौतारामा कार्यक्रम जारी छ भने मंगलवार सुइखेत खोपकेन्द्रमा संचालन हुने जनाइएको छ। त्यसैगरी पोखरा–१३ आर्वाको आदर्श टोलमा समेत सोमवार नियमित खोप संचालनमा आएको छ ।कोरोना भाइरस संक्रमणको जोखिमले जारी लकडाउनका कारण गत महिना सो कार्यक्रम प्रभावित भएको थियो ।

हाम्रो सुझाव