पोखरा । पोखरा महानगरपालिका २९ प्रगतिटोलका ४० विपन्न परिवारलाई सोमवार राहत वितरण गरिएको छ ।कास्की पोखरा आदर्श समाज क्युशु जापानबाट प्रगतिटोल निवासी उक्त संस्थाका अध्यक्ष पुष्प पौडेलको सकृयतामा संकलित रकमबाट संस्थाका उपाध्यक्ष पदम कुमारी सुवेदीको उपस्थितिमा राहत वितरण गरिएको हो ।
प्रगतिटोलमा बसोबास गरिरहेका अति विपन्न , गरीव ,अपाङ्ग, सुत्केरी तथा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गरिरहेका उनीहरु सहित नर्मदेश्वर मोक्षाश्रमलाई १ बोरा गरी २६ बोरा चामल वितरण गरिएको छ । स्थानीय विनोद पौडेलले सहजीकरण गरी उक्त व्यवस्था मिलाएका थिए भने राहत वितरण गर्दै पोखरा महानगरपालिका २९ की वडा सदस्य निर्मला पौडेलले कोरोनाको महामारीको बेला यसरी सहयोग गर्ने मनकारीहरुलाई वडाका तर्फबाट धन्यवाद दिएकी थिईन् ।
पोखरा २९ प्रगतिटोलमा मात्रै ४०० घरधुरी रहेका र अझै थुप्रै परिवारलाई राहतको खाँचो रहेकाले यस्तै सहयोग जरुरी रहेको भन्दै प्रगतिटोल टोल विकास संस्थाका अध्यक्ष धर्मदत्त पौडेलले कतैबाट सहयोग जुटे आफूहरुले लक्षित वर्गसम्म पु¥याउने वताएका छन् ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७