कावासोतीका उपमेयरले ८ जना पैदलयात्रीलाई उद्दार गरी क्वारेन्टाइनमा राखे

रामकुमार श्रेष्ठ
जेठ ५, २०७७
prem 2

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले पैदल नवलपुर जिल्ला आउँदै गरेका ८ जनालाई आफै गाडीमा ल्याएर क्वारेन्टाइनमा राखेका छन् ।

कावासोती नगरपालिकाका ६ जना र हुप्सेकोट गाउँपालिकाका १ जना गरी भैरहवाबाट आउँदै गरेका ७ जनालाई कावासोती ३ प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा र हुप्सेकोटका १ जनालाई हुप्सेकोटकै क्वारेन्टाइनमा राखिएको मर्दनियाले बताए ।

३ सात जना भैहरवामा काम गर्दै आएका मजदुरहरु हुन् ।

त्यसैगरी भारतबाट आउँदै गरेका १ जना मजदुरलाई तनुहँको ब्यास नगरपालिकाको गाडीमा उद्दार गरी कावासोती ल्याएर कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको कावासोती नगर उपप्रमुख मर्दनियाले बताए ।

कुमारी अस्पतालको क्वारेन्टाइनमा ११ जना रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width