गण्डकी सरकारले सबै जिल्ला अस्पताललाई गाडी किनिदिने

प्रकाश ढकाल
जेठ ४, २०७७
gandaki_pradesh

गण्डकी प्रदेश सरकारले ११ वटै जिल्ला अस्पताललाई नयाँ गाडी किनिदिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै जिल्लामा स्कारपिओ गाडी खरिद गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि सबै अस्पतालमा १५ लाखका दरले बजेट दिएको थियो । मनाङ र मुस्ताङमा भने ५/५ लाख दिएको हो । बैठकले बर्खे अधिवेशन जेठ ११ देखि बोलाउने निर्णय गरेको छ ।

बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । बजेट अधिवेशन पोखरा सभागृहमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width