म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा २, रिठेबोटमा एम्बुलेन्स दुर्घटना भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन आउँदै गरेको ग१झ ३११ नम्बर एम्बुलेन्स आइतबार दिउँसो २ बजे सो स्थानमा दुर्घटनाग्रस्त भएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।
उनका अनुसार एम्बुलेन्स चालक मुस्ताङ थासाङ गाउँपालिका–४ का २५ वर्षीय सुजन विक भने बेपत्ता छन् । विक ४ महिनादेखि लेते प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स चालकको काम गर्दै आएका थिए ।
डीएसपी कुँवरका अनुसार एम्बुलेन्सको केही अवशेषमात्र कालीगण्डकी नदीको तिरमा भेटिएको छ । एम्बुलेन्स बेनी–जोमसोम सडकखण्डको रिठाबोटबाट करिब ८० मिटर तल कालिगण्डकी नदीमा खसेको जनाइएको छ ।
थासाङ गाउँपालिका निवासी प्रसूति बिरामी बेनी अस्पतालमा डेलिभरी भएकोमा घरतर्फ ल्याउने उद्देश्यले बेनीतर्फ आउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ । दुर्घटनास्थलमा अहिले सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि लगायतले खोजीकार्य गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
आगलागी पीडितलाई मन्त्रीको राहत
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७