गण्डकी प्रदेशको संसद् बैठक सभागृहमा

प्रकाश ढकाल
जेठ ४, २०७७
gandaki-pradesh

प्रत्येक प्रदेशले असार १ भित्रै बजेट बनाइसक्नुपर्छ । त्योभन्दा पहिले नै बजेटका सिद्धान्त र प्राथमिकता पास गर्नुपर्छ । सिद्धान्त पास भएपछि पुनः नीति तथा कार्यक्रम तय गर्नुपर्छ ।

गत चैत ६ देखि स्थगित गण्डकी प्रदेशको संसद् बैठक नबसी अधिवेशन नै अन्त्य भयो । बैशाख २३ मा हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन तयारीमा लागेको छ, सरकार।
तर अबको अधिवेशन कहाँ गर्ने टुंगो अझै लागेको छैन । पाल टाँगेर संसद् भवन अघि बैठक बोलाउने तयारी थियो । तर बर्खा लागेका कारण त्यो सम्भावना पनि छैन । त्यसैले पोेखरा सभागृहमा बजेट अधिवेशन सुरु गर्ने सरकारको तयारी छ ।

निकै साँघुरो भवनमा संसद् चलाउँदै आएको गण्डकी प्रदेशले कोरोना संक्रमणको बढ्दो त्रासका कारण सोही भवनबाट संसद् चलाउन सक्ने अवस्था छैन ।

कुल ६० सांसद रहेका यहाँ सामाजिक दुरी कायम गर्दा पनि निकै ठूलो भवन आवश्यक पर्छ । सांसदबाहेक, कर्मचारी, मर्यादापालक, पत्रकार, दर्शक लगायत संसद्मा पुग्छन् ।
जेठ ११ देखि संसद् बैठक बोलाउने तयारी सरकारको छ । विपक्षी दलहरु समेतको परामर्शका आधारमा बैठक चलाउने तयारी भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सोही बैठकका लागि सभागृहको मर्मत सम्भार समेत प्रदेश सरकारले गर्ने छ ।

तर पोखरा महागनरपालिकाले पनि आफ्नो नगरसभा यही हलमा गर्दै आएको छ । प्रदेशको बजेट आउनुअघि नै नगरसभा सुरु हुन सक्ने भएकोले दुवैको सहकार्यमा मात्रै बैठक चलाउने तयारी भएको मेयर मानबहादुर जिसी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width