हेमजा, ४ जेठ। अन्नपूर्ण गाउँपालिका स्थित लुम्ले आयुर्वेद औषधालय मर्मत गरिएको छ।संघीय सरकारको एक लाख अनुदान सहयोगमा औषधालय मर्मत गरिएको हो।
जसअन्र्तगत किचनमा धारा निर्माण, भ¥याङको भाग प्लास्टर, पानी चुहिने भाग टाल्ने, पानी ट्याङकी व्यवस्थित गर्ने, अफिस कोठा रङरोगन गर्ने लगायतका कार्य गरिएको औषधालय प्रमुख, बैध निरीक्षक गोविन्द पौडेलले जानकारी दिए ।स्थानीय कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा समिति गठन गरी मर्मत गरिएको हो ।
वि.सं.२०४३ मा पोखरीस्वाराँमा (हालको पसल) स्थापना भएको उक्त औषधालय वि.सं.२०५५ यता शिवचौरमा छ ।जसमा अन्नपूर्ण गाउँपालिकाका अलवा पर्वतको पातीचौर, बाजुङ लगायतका क्षेत्रबाट दैनिक १० देखि १५ जनासम्म विरामी आउने गर्दछन् ।हाल लकडाउनको समयमा समेत ५ देखि १० जनासम्म दैनिक विरामी आउने गरेको त्यहाँ कार्यरत कविराज नरहरि बरालले बताए ।
औषधालयले वडा नं. १ को कार्यालय भवन, २ को सेराचौर, ५ को झोवाङमा गाउँघर क्लिनिक, घान्द्रुक र तोल्कामा जेष्ठ नागरिक सेवा केन्द्र तथा स्तनपायी(दुध नआउनेलाई) संचालन गर्दै आइरहेको छ ।त्यस्तै प्रत्येक महिनाको १ गते ६ नं. वडा कार्यालयमा योग शिक्षा सम्बन्धी कार्यक्रम पनि भइरहेको छ ।औषधालयले गाउँपालिका टोलटोलमा आयुर्वेदको महत्व बुझाउनुपर्ने औल्याएको छ ।आयुर्वेद प्राकृतिक चिकित्सा भएकाले यो एलोपेथिकको तुलनामा साइडइफेक्ट रहित हुन्छ।जसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटी आवश्यक बजेट विनियोजन गर्नुपर्ने प्रमुख समेत रहेका निरीक्षक पौडेलले बताए।
‘विरामीलाई प्रर्याप्त औषधि दिन नपाउनु सबैभन्दा ठूलो विडम्बना , उनले भने ।औषधालयले खाली धुलोमुलो मात्रै बाडने गरेको छ । पत्ता तथा झोल औषधि दिर्दैन भन्ने आम धारणा पनि छ।ती दुबैलाई चिर्दै टोल स्तरमा आयुर्वेदको सन्देश पु¥याउन गाउँपालिकाले थप चासो दिनुपर्ने औँल्याइएको छ।
Related News
सम्बन्धित समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना
hero news full width
मुख्य समाचार
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८