स्याङजा । कोरोना भाइरस संक्रमण बिरुद्धको अग्रपंक्तिमा खटिईने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लक्षित गर्दै खिलुङ कालिका एग्रो फार्म र खुमा अर्याल फाउन्डेसन स्याङ्जाले ७० वटा पीपीई, एक सय वटा के.एन.नाइन्टीफाईभ माक्स, र २५ लिटर हाइपोकोरोराइड सोलुसन प्रदान गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जाको सुरक्षार्थ खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई लक्षित गर्दै अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
ती सामाग्री प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई हस्तान्तरण गर्दै खिलुङ कालिका एग्रोफार्मका निर्देशक एवं फाउन्डेसन सदस्य शोभाकान्त ढकालले व्यवसायिका पीडा र समस्या आफनो ठाउँमा रहेता पनि समस्यामा परेका बेला सहयोगका हात फैलाउन तयार रहेको बताए ।सामाग्री ग्रहण गर्दे प्रजिअ कुरुम्वाङले जिल्लाले स्वास्थ्य सामाग्री अभाव झेलिरहेका बेला एग्रोफर्म र फाउण्डेशनको सहयोगले राहत मिलेको बताए ।
Related News
सम्बन्धित समाचार
युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८