उखु किसानको सास्ती, पाएनन् भुक्तानी

रामकुमार श्रेष्ठ
जेठ ४, २०७७
Sugarcane

नवलपुर । पश्चिम नवलपरासीको तराई क्षेत्रका उखु किसान बाली गोडमेलका बेला आर्थिक अभावले बेहाल भएका छन् । उखु पेलेर चिनी बनाउने मिल लकडाउनकै बेला चिनी बेचेर मालमाल भएको बताइन्छ । उखु किसानलाई चिनी मिलहरुले अघिल्लै वर्षको भुक्तानी दिएका छैनन् ।
यसै आवमा जिल्लाका कतिपय मिलले उखु खरिद गरेनन् । कुडियाको बाग्मती सुगर मिलले भने किसानबाट ठूलै परिमाणमा उखु किनेको छ । जिल्लामा उत्पादित करिव १३ लाख क्वीन्टल उखुमा विभिन्न खाँडसारीले ५ लाख र बाग्मती एक्लैले करिब ८ लाख क्वीन्टल उखु किसानबाट लिएको थियो ।
बाग्मतीले मात्रै यस वर्ष किसानको ४० करोड रुपैयाँ नतिरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताए ।
यादवको भनाइमा अघिल्ला वर्ष लुम्बिनीले नतिरेको १० करोड, इन्दिराको ८ करोड र बाग्मतीको यसै वर्षको गरी किसानको करिब ५८ करोड चिनी मिलहरुमा बक्यौता छ ।
यता खेतमा उखु गोड्दा लाग्ने खेतालाको ज्याला, त्यसमा राख्नु पर्ने मलखाद, पानी पट्याउदा लाग्ने बोरिङ खर्च अभावले किसान अत्तालिएका छन् । चिनी उद्योग भने उखुबाट उत्पादित चिनी, मदिरा उद्योगलाई चाहिने मोलासस कोरोनाको कहरमा पनि वेपर्वाह बेचेर बसेको किसानहरु बताउँछन् ।
किसानका अनुसार उद्योगीले नाफैका लागि करोडौको मिल खोलेको हुन् तर त्यही मिललाई घान पु¥याउने किसान बाँचे नै मिलको दीर्घजीवन हुन्छ खै मिलधनीले बुझेनन् ।
जिल्लामा लुम्बिनी चिनी कारखाना, इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज, बाग्मती सुगर मिल्स लगायतका ठूला चिनी मिल भएर पनि ती उद्योगले किसानलाई अझै उखुको भुक्तानी नदिएर अल्झाइरहेका छन् ।
जसका कारण उखु किसान मिलबाट आफ्नो पैसा नउठेर साहू र सहकारीको चर्को ब्याज लिन बाध्य हुनुपरेको बताउँछन् । उखु किसानलाई उखु खरिद गरेर समयमा पैसा नदिनु यहाँका मिलहरुको परम्परा जस्तै बन्न गएको छ ।
उखु क्रसिङका बेला खाइनखाई मिलसम्म उखु लगेर छोडे पछि किसानले तत्काल पाउने भनेको काँटा गरेको तौल पर्ची मात्र हो । वर्षभरी मिहेनत त्यही पर्ची बोकेर भुक्तानी पाउने आसमा मिलगेटसम्म कतिपटक पुग्नु पर्ने हो किसानका लागि गनि साध्य छैन् ।
मिल मालिकले उखुको भुक्तानी समयमा नदिएर झुलाउन थालेपछि किसानले प्रशासन गुहार्नु पर्ने स्थिति हरेक वर्ष जिल्लामा देखिने गरेको जानकारहरु बताउँछन् ।
यस वर्ष पनि किसानले दबाबका लागि राजमार्ग तथा सदरमुकाममा प्रदर्शन गर्नुपर्ने स्थिति बनिसकेको तर लकडाउनका कारण अहिले त्यो अवस्था रोकिएको छ ।
जसको फाइदा मिल मालिकले किसानलाई दिने भुक्तानीमा लकडाउन कारक रहेको बताउँदै उठाइरहेको अध्यक्ष यादव बताउँछन् ।
बाग्मती सुगर मिल्सका महाप्रबन्धक टंकनाथ काफ्लेले उखु किसानलाई भुक्तानीकै क्रममा मिल प्रशासन लागिरहेको बताए । काफ्लेका अनुसार उद्योगले खरिद गरेको ७ लाख ७० हजार क्वीन्टल उखुको भुक्तानीका लागि गेटमा आएका किसानको पर्ची हेरेर भौचर बनाई बैंकमा पठाइरहेका छौं । जुन भुक्तानी केही दिनमै ५ करोड पुग्ने र छिट्टै २० करोड पु¥याइ बाँकी रकम पनि किसानलाई यथासक्य छिटो बुझाउने काफ्लेको भनाइ रहेको छ ।
खेतमा पसिना चुहाउने किसानले अघिल्ला वर्ष ४ सय रुपैयाँप्रति क्वीन्टलका दरले उखु बेच्दै आएका थिए ।
गत वर्ष भने सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ३६ तोकेपछि किसानले केही राहत महसुस गरेका छन् ।
तोकिएको समर्थन मूल्य ४ सय ७१ मिलले र सँगै ६५ रुपैयाँ सरकारले किसानलाई अनुदान स्वरुप थपेर दिने प्रावधान रहेको छ । तर उखुको भुक्तानी पारा उही पुरानै उधारो र अल्मल्याउने खालको रहिरहदा किसानहरु वर्षेनी समस्यामा परेको बताउँछन् ।
यहीबीच उखुको भुक्तानी नपाएर समस्या भोगिरहेका किसानलाई अहिले दोहोरो मार परेको छ । एकातिर किसानलाई आर्थिक अभावकै बीच असार अगाडि नै उखु गोडमेल गरी मलखाद हालि सक्नु पर्नेछ । अर्कोतिर सहकारीमा मल अभाव हुँदा किसान बिहान ६ बजेदेखि घण्टौं लाइनमा फसेको अध्यक्ष यादव बताउँछन् ।
कतिपय किसानले परम्परागत उखु खेतीको साटो अर्को वर्ष देखि धान, केरा लगायत अर्कै नगदे बालीको विकल्प रोजेको बताए ।
कारण यही हुन सक्छ अघिल्ला वर्ष यहाँको करिब ७ हजार हेक्टरमा हँुदै आएको उखु खेती यस वर्ष करिव साढे ५ हजारमा खुम्चिएको बताइन्छ । विज्ञका अनुसार देशलाई चिनीमा आत्मनिर्भर बनाउने राज्यको सोच र ठूला पुँजीमा स्थापित चिनी मिलको दीर्घ भविष्य जोगाइराख्न किसानको मर्का बुभ्mनु आवश्यक छ ।
किसानले पश्चिम नवलपरासीका त्रिवेणी, सुस्ता, प्रतापपुर, गुठी प्रसौनी, बैदौली, सोमनी लगायतको हजारौं हेक्टर जमिनमा उखु खेती गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width