वीगरञ्जबाट ट्रक चढेर पोखरा, जनप्रतिनिधिले उतै फर्काइदिए

प्रकाश ढकाल
जेठ ४, २०७७
pokhara bata firta

पोखरा । शनिबार साँझ वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका एक ब्यक्तिलाई पुनः वीरगञ्ज नै फर्काइएको छ।

पोखरा ५ पस्र्याङमा मिस्त्रि काम गर्ने उनी गाडीको सहचालक बनेर पोखरा आएका थिए । स्थानीयले विरोध गरेपछि पोखरा महानगरका प्रबक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले वीरगञ्ज नै फर्काएका हुन्।

‘स्विकृति लिएर आएका होईनन् । स्विकृति नलिएको मान्छेलाई यहाँ राख्न सकिन्न,’ उनले भने, ‘जुन ट्रकमा आएका हुन् त्यसैमा कतैपनि नझर्ने गरी फिर्ता गरिएको छ ।’

क्वारेन्टाइनमा राख्नुपर्नेमा किन फर्काउनुभयो भन्ने प्रश्नमा उनले भने, ‘विना अनुमति आउनेलाई यहाँ राख्न सकिँदैन । फर्काउने नै हो ।’ गाडी चढेर भित्रिएकाहरुलाई उतै फर्काउँदा झन् कोरोना संक्रमण फैलिने उच्च सम्भावना हुन्छ । पोखरामा लकडाउनको अवधिभित्र मात्रै ३२ हजार भन्दा बढी भित्रिएका छन् । पोखरा भित्रिसकेकाहरुलाई फर्काउने भन्दा क्वारेन्टाइनमा राख्नुपर्ने सरोकारवालाको सुझाव छ।

Related News

सम्बन्धित समाचार

hero news full width