१० जना कोरोना संक्रमित थपिए

आदर्श समाज संवाददाता
जेठ ४, २०७७
covid 19 corona banner

पोखरा।  नेपालमा पुनः १० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो ।

रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आईसकेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक महिलाको निधन भएको छ । गण्डकीमा ३ जना संक्रमित पुष्टी भएकोमा २ जना उपचारपछि घर फर्किएका छन् भने अर्का एक भरतपुरमा उपचाररत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width