दर्शकविनाको बन्द रंगशालाहरुमा सुचारु भयो जर्मन बुन्डेसलिगा

शीर्ष पहिलो स्थानको बायर्नसँग दोस्रो स्थानको डर्टमुन्डले १ अंक छोट्यायो

नारायण शाही
जेठ ३, २०७७
Virus Outbreak Germany Soccer Bundesliga

पोखरा । महामारीले रोकिएको जर्मनको शीर्ष डिभिजन लिग बुन्डेसलिगा शनिबार साँझदेखि सुचारु भएको छ ।

महामारीपछि युरोपमा रोकिएको खेल शुरु हुने शीर्ष लिगमध्ये बुन्डेसलिगा पहिलो हो । शनिबार बेलुकी सवा ७ बजेबाट जर्मनको बन्द रंगशालाहरुमा फुटबलका खेलहरु भए ।  पूरा सुरक्षा रणनीति अपनाएर सुचारु गरिएको फुटबल मैदानहरुमा खेल हेर्ने दर्शकहरु थिएनन् । । रंगशालाहरुमा प्रतिविम्वका रुपमा दर्शकको प्रतिमाहरु राखिएको थियो । प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीले मास्क लगाएका थिए । खेल सुरु हुनुअघि खेलाडीबीच ह्याडसेकका गतिविधि भएनन् ।

गोल गरेको सेलिब्रेसनमा खेलाडी खेलाडीबीच अंकमाल गरेनन् । खेलाडीले मैदानमा थुक्न पाएनन् । तर, ९० मिनेटको निर्धारित समयको फुटबल खेलहरु भने सुचारु भएरै छाड्यो । विश्वका २११ देशमा प्रत्यक्ष प्रशारण भएकामे यस लिगलाई घरमै बसेर लाखौ दर्शकले हेरेको समाचार छ ।

लिगा अन्तगत शनिबार साँझ ६ खेलहरु भएको छ । शनिबार साँझ ७ः१५ बजेबाट ५ खेलहरु भए । पहिलो समयतालिका अनुसार सवा ७ बजेबाट नै डर्टमुन्ड र शाल्केले प्रतिस्पर्धा गरे । बुन्डेसलिगाको शीर्ष दोस्रो स्थानमा रहेको डर्टमुन्डले उक्त खेलमा साल्केमाथि ४–० को सहज जित दर्ता ग¥यो ।

यस जितसँगै लिगको शीर्ष पहिलो स्थानमा रहेको बायर्न म्युनिखसँग डर्टमुन्डले अंक छोट्याएको छ । लिगको शीर्ष स्थानमा रहेको बायर्नको २५ खेलबाट ५५ अंक थियो । २६ खेल खेलेको शीर्ष दोस्रो स्थानमा रहेको डर्टमुन्डको ५४ अंक छ । साल्केले भने २५ खेलबाट ३७ अंक मात्रै जोडेको छ ।

डर्टमुन्डका लागि राफेल गुरेरोले २, एर्लिङ हालान्ड र थोर्गन हाजार्डले समान १/१ गोल गरे । डर्टमुन्डका लागि सुरुवाती गोल भने नर्वेली फरवार्ड एर्लिङ हालान्डले गरेका थिए । हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । जुलियन ब्रान्टको फ्लिकपछि थोर्गन हाजार्डले दायाँ विङ्बाट गरेको क्रसमा हालान्डले गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचलाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमै डर्टमुन्डले दोब्बर अग्रता बनायो । खेलको ४४ औं मिनेटमा गुरेरोले डर्टमुन्डको अग्रता दोब्बर पारेका थिए । ब्रान्टको थ्रो बललाई गुरेरोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै डर्टमुन्डले ३–० को अग्रता बढायो । खेलको ४८ औं मिनेटमा थोर्गन हाजार्डले डर्टमुन्डको लागि तेस्रो गोल गरे । ब्रान्टले दिएको थ्रो पास बललाई हाजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै सिजनको व्यक्तिगत पाँचौ गोल गरे ।

खेलको ६२ औं मिनेटमा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० पु¥याए । उनले हालान्डसँगको उत्कृष्ट वन टु पास खेल्दै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत गरेका थिए । गुरेरोले अफसाइड ट्रयाप बिट गर्दै आउटसाइड फुटले गरेको प्रहारलाई साल्के गोलरक्षक मार्कस सुबर्टले बचाउने कुनै अवसर नै पाएनन् ।

शनिबार नै सोही समय भएको अर्को खेलमा अग्स्बर्गमाथि वुल्फवर्गले २–१ को जित दर्ता गरेको छ । वुल्फबर्गका लागि रेनाटो स्टेफेनले ४३ र डानियल जिनजेकले इन्जुरी समयमा गोल गरे । त्यस्तै, अग्सबर्गका लागि एक मात्र गोल जोन ब्रुक्सले ५४ औं मिनेटमा गरे । वुल्फबर्ग ३९ अंकसहित लिगको छैटौं स्थानमा छ । त्यस्तै अग्सबर्ग भने २७ अंकसहित लिगको १४ औं स्थानमा छ ।

सोही समयमा भएको अर्को खेलमा फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्नले ०–० को बराबरी खेलेर अंक बाँडेका छन् । बराबरी खेलेसँगै डुसेलडोर्फ २३ अंकसहित लिगको १६ औं स्थानमा छ । यता, पाडेरबोर्न भने १७ अंकसहित लिगको पुछारमा छ ।
अर्को खेलमा हेर्था बर्लिनले होफेनहाइममाथि ३–० को जित हात पारेको छ । बर्लिनको जितमा केभिन ओकपोगुमाले ५८, भेदान इपिसेभिकले ६० र म्याथुस कुन्हाले ७४ औं मिनेटमा गोल गरे । होफेनहाइम ३५ अंकसहित लिगको ९ औं र हेर्था बर्लिन ३१ अंकसहित ११ औं स्थानमा छ ।

सोही समयमै भएको अर्को खेलमा आरबी लिपजिग र फ्रेइबर्गले पनि १–१ को बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन् । लिपजिगका लागि म्यानुएल गुल्डेले ३४ औं र फ्रेइबर्गका लागि युसुफ पाउल्सेनले ७७ औं मिनेटमा गोल गरे । जारी बुन्डेसलिगामा आरबी लिपजिग ५१ अंकसहित शीर्ष तेस्रो स्थानमा छ । फ्रेइबर्ग भने ३७ अंकसहित सातौं स्थानमा छ ।

यो समाचार तयार पार्दासम्म अन्तिम खेलमा राति सवा १० बजेबाट फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा भइरहेको छ ।

विश्वमै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि अप्रिल २ सम्मका लागि बुन्डेसलिगा स्थगित गरिएको थियो । बुन्डेसलिगाको २५ औं चरणका खेलहरु सकिएपछि जर्मन लिग कमिटीले लिगको बाँकी खेलहरु स्थगित गरेको थियो ।

महामारीका कारण रोकिएका यूरोपका अन्य लिगहरु पनि सतर्कता र कडा नियमका साथ शुरु गर्ने तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width