कास्कीका २ जना पत्रकारको शनिबार कोभिड–१९ को ‘स्याम्पल टेष्ट’ गरिएको छ । दुवैको रिपोर्ट नेगेटिभ आएको छ ।
लकडाउनमा फिल्ड रिपोर्टिङमा खटिएका पोखरेली पत्रकारमध्ये प्रतिनिधिमूलक ढंगले शनिबार पत्रकार राम गुरुङ र रञ्जन अधिकारीको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएको हो।
मुटु रोगी राम गुरुङ फोटो पत्रकार हुन् भने पत्रकार अधिकारी गृहजिल्ला धादिङबाट १७ दिनअघि पोखरा फर्केका थिए । उनको छाती, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो भएकोले प्रतिनिधिमूलक ढंग हुने गरी टेष्ट गराउन पहल गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।
महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी दुवै जना पत्रकारको रिपोर्ट नेगेटिभ आएकोले कास्की अहिलेसम्म सुरक्षित छ अर्थात् संक्रमण छैन भन्ने कुरा व्यवहारमै पुष्टि गरेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो शुभारम्भमात्र हो । यसले वातावरण निर्माण गरिदिएको र यथाशीघ्र फिल्डमा सक्रिय सबै साथीहरुको पिसिआर टेस्ट गराउन महासंघ प्रतिबद्धता ब्यक्त गर्दछ ।’
महासंघ कास्कीको दबाबबीच पनि सीमित श्रोतसाधन, पूर्वाधार र प्रोटोकलका कारण एकैपटक सबैको परीक्षण गर्ने–गराउने अवस्था नरहेको परिस्थिति बुझेर धैर्य रहन अपेक्षा गर्दछौं भनिएको छ ।
राष्ट्रिय फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष समेत रहेका पत्रकार गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष हुन् । उनी पोखरा सिटी डटकमका संचालक हुन् । विग एफएमका स्टेशन म्यानेजर पत्रकार अधिकारी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं नेपाल खेलकुद पत्रकार महासंघ गण्डकी उपाध्यक्ष हुन् ।
पत्रकार महासंघ कास्कीमा ३ सय बढी पत्रकार आबद्ध छन् ।
गण्डकी प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केकोमा नवलपुरका १ पुरुषको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
hero news full width
मुख्य समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८