संक्रमितको संख्या २७८ पुग्यो

एजेन्सी
जेठ ३, २०७७
pree

काठमाण्डौ, ३ जेठ । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुईजनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको बताए।
तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेको र हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्कसकेको जानकारी दिए। प्रवक्ता देवकोटाले २६ जिल्लामा संक्रमित भेटिएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width