महासंघ धनकुटाद्वारा श्रमजीवी पत्रकारलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
fnj3photopp – Copy

धनकुटा ३ जेठ । लक डाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजीवी पत्रकार र संचारगृहमा काम गर्ने श्रमिकलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले लगाइएको लक डाउनका कारण संकटमा परेका धनकुटाका श्रमजीवी पत्रकार र संचार गृहमा काम गर्ने श्रमिकलाई नेपाल पत्रकार महासंघ धनकुटाले पत्रकार कल्याण कोष धनकुटाबाट आर्थिक सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा भएको आर्थिक सहयोग अभियानमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव बिदुर खवास,सहसचिव ह िबहादुर लम्जेलले समस्यामा परेका २६ श्रमजीवी पत्रकार र संचार गृहमा काम गर्ने श्रमिकलाई सहयोग प्रदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ धनकुटाले १० बर्ष अघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारलाई सहयोग गर्दे आएकोमा यस पटक पनि कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी लगाएको लक डाउनका कारण समस्यमा परेका धनकुटाका श्रमजीवी पत्रकारलाई सहयोग गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width