Worldlink ads

पत्रकारमा सङ्क्रमण देखियो

रासस
जेठ ३, २०७७
RS_KTM_7575

परीक्षणका लागि सञ्चारकर्मीको स्वाब निकालिँदै। सांकेतिक फाेटाे। फाेटाेः रासस

प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उहाँलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उहाँ स्थलगत रिपोर्टिङ गर्नुभएको थियो । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • तनहुँमै पीसीआर परीक्षण अनुमति

      रासस असाेज ३, २०७८
      दमौली । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • नागरिक समाजको स्थापना दिवसमा चौतारी सफाइ

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा, ३ असोज । नागरिक समाज कास्कीले आफ्नो ११ औं स्थापना दिवस अवसरमा चौतारी संरक्षण अभियानअन्तर्गत चौतारी सरसफाइ गरेको छ…
    • विद्यार्थीलाई पोशाक वितरण

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      वालिङ । नेपाली कांगे्रसका संस्थापक नेता गणेशमान सिंहको २५ औं स्मृति दिवस अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउन्डेसन…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads