पोखरा, ३ जेठ । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा साँगीतिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ ।
पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए ।
राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरी एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरी वितरण गरिएको गायक भाष्करध्वज श्रेष्ठले बताए । संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको छ । पोखरा युके फाउण्डेशन युकेका लागि भीम, महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गले सहयोग संकलन गरी पोखरा साँगिीतिक कलाकार संघलाई वितरणका लागि समन्वय गरेको हो ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
वैशाख १, २०७८एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
चैत्र ३१, २०७७भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७