कृषि तथा पशुपालन व्यवसायीलाई नगरपालिका जमानी बसेर बैंक मार्फत ऋण

तोलाकान्त बगाले
जेठ ३, २०७७
waling1

वालिङ, ३ जेठ । नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सुरक्षा कवचको रूपमा जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगरभित्रका वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी व्यावसायिक कृषकहरु उत्पादनमा संलग्न हुँदाहुँदै लकडाउनका कारण परेको असर, महामारी, दैवी विपत्ति र अन्य विपद्का कारणले पेशा व्यवसायबाट नै विस्थापित हुन नदिन वालिङस्थित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख खाँणले बताउनुभयो।

“नगरभित्रका व्यवसायीलाई व्यवसाय सञ्चालनलाई आर्थिक अभाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ”, नगरप्रमुख खाँणले भन्नुभयो, “सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थामा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋण उपलब्ध गराउँछौँ, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै व्यवसायीले ऋण प्राप्त गरिसक्नुभएको छ ।”निश्चित समयका लागि ऋण उपलब्ध गराएको नगरप्रमुख खाँणले बताउनुभयो।

वालिङ–९ मा अवस्थित जिल्लाकै उत्कृष्ट एवं नमूना बङ्गुरपालन फार्मका रूपमा स्थापित इन्द्रेणी बङ्गुरपालन फार्ममा लकडाउनका कारण बङ्गुरका माउ तथा पाठापाठी बिक्री गर्न नपाउँदा राख्ने ठाउँको अभाव तथा दानापानीको अभाव भएपछि नगरपालिका जमानी बसेर उपकार बचत तथा ऋण सहकारी संस्था वालिङबाट रु १० लाख ऋण उपलब्ध गराएको छ।

नगरपालिकाले उपकार बचत तथा ऋण सहकारी संस्थालाई ऋण उपलब्ध गराइदिन पत्राचार गरेसँगै सहकारीले ‘सरकारी जमानतमा आपतकालीन ऋण लगानी कार्यविधि’ बनाएर सोही कार्यविधिअनुरुप छ महिनाका लागि बिनाधितो रु १० लाख ऋण उपलब्ध गराएको संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले बताउनुभयो ।

“नाफा कमाउनेभन्दा सेवामुखी हुनुपर्छ भन्ने मान्यता अनुसार अहिलेको कोभिड–१९ को महामारीमा व्यवसायीलाई सहयोग गरी प्रोत्साहन दिने हेतुले सहयोग गरेका हौँ”, अध्यक्ष बगालेले भन्नुभयो । लकडाउनका कारण फार्ममा रहेका बङ्गुरका पाठापाठीहरु बिक्री गर्न समस्या भयो, जसले गर्दा फार्ममा पाठापाठीको सङ्ख्या वृद्धि हुँदै जाँदा पाल्न समस्या भएर नगरपालिकामा सहयोगका लागि अनुरोध गरेको फार्म सञ्चालक भीम लुइँटेलले बताउनुभयो।

व्यवसायी लुइँटेलले भन्नुभयो, “प्राप्त रकमले बङ्गुरका पाठापाठी राख्नका लागि खोर तथा दानापानीमा खर्च गर्ने तयारीमा छु।” नगरपालिका जमानीमा बसेर व्यवसायीलाई ऋण उपलब्ध गराउनुपूर्व पनि वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी उपलब्ध गराउँदै आएको छ।

रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बीउ पुँजीको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । बीउ पूँजीका लागि न्यूनतम रु ५० हजारदेखि अधिकतम रु पाँच लाखसम्म अवस्था हेरि उपलब्ध गराइने छ । नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि छ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक वर्ष र फलफूल खेतीका लागि दुई वर्षको अवधि रहने गरी बिनाब्याज बीउ पूँजी उपलब्ध गराउने नगरप्रमुख खाँणले बताउनुभयो।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width