नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर: नेपाली नारी समाज, पोर्चुगल

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
Nepali nari samaj

नेपाली नारी समाज, पोर्चुगलले भारतद्वारा नेपाली भुमि अतिक्रमण गरेकाे घटनाकाे घाेर भर्त्सना गरेकाे छ।

समाजका अध्यक्ष कला राईको सभापतित्वमा बसेको अनलाइन बैठकले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले नेपाली भुमि भन्ने प्रमाणित हुँदाहुँदै पनि भारत सरकारद्वारा सडक निर्माणहुनुले भारतीय बिस्तारबादी चरित्रलाई फेरी एकपटक छर्लङ्ग पारेकाे बताएकाे छ।

“भारतले हाम्रो जमिन माथि पटकपटक गरेको हस्तक्षेप र यस किसिमको भारतीय रवैयाको हामी घोर भर्सना गर्दछौ । विश्वका जुनसुकै कुनामा बसेपनि मूलतः हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो।” विज्ञप्तिमा उल्लेख छ।

बिश्वमै महामारीकाे रूपमा फैलिएको कोरोना भाइरसको कारण पोर्चुगल सरकारले गरेको लकडाउनमा बस्नु परेकाे हुँदा बैठकले सामाजिक संजाल मार्फत बिरोध गर्ने  र नेपाल सरकारलाई यथासक्य छिटो सिमा सम्बन्धी कुटनैतिक पहलका लागी दबाब दिन नारा सहितको प्लेकार्ड लिएका तस्वीरहरु पोस्ट गर्ने निर्णय गरेकाे थियाे। साेही अनुरुप पोर्चुगलमा सेल्फ क्वारेन्टाइनमा बसेका दिदिबहिनिहरु सामाजिक सन्जाल मार्फत जाेडिएका थिए।

समाजले भनेकाे छ, “हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौं।”

विज्ञप्ति

नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर ! ८ मे २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की दार्चुला – लिपुलेक लिंक रोडको (नयाँ सडक) निर्माण तथा उद्घाटनको समाचारप्रति नेपाली नारी समाज, पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको छ। यस अघिपनि नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकता माथि हस्तक्षेप गरेको कुरा सर्वविदितै छ। ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले नेपाली भुमी भन्ने प्रमाणित हुँदाहुँदै पनि भारत सरकारद्वारा सडक निर्माण हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दै भारतीय बिस्तारबादी चरित्र लाई फेरी एकपटक छर्लङ्ग पारेको छ। भारतले हाम्रो जमिन माथि पटकपटक गरेको हस्तक्षेप र यस किसिमको भारतीय रवैयाको हामी घोर भर्सना गर्दछौ। ‘विश्वका जुनसुकै कुनामा बसेपनि मूलतः हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो। नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो। हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछौं । एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न। ऐतिहासिक दस्तावेज,सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट छ। तसर्थ अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ नेपाली नारी समाज, पोर्चुगल घोर निन्दा र भर्त्सना गर्दछ। नेपाल र नेपालीको आत्मरक्षा का लागी सिमा बिबादका बारेमा तत्काल कुटनैतिक पहल गर्न देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली हरु लाइ आ-आफ्ना ठाँउ बाट सरकारलाइ दवाब दिनको लागी हार्दिक अपिल गर्दछौं ।

Related News

सम्बन्धित समाचार

hero news full width