९ जना नयाँ संक्रमित थपिए, दाङमा पनि भेटिए

आदर्श समाज संवाददाता
जेठ २, २०७७
covid 19 corona banner

नेपालमा शुक्रबार ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

वीरगञ्ज, उदयपुर, काठमाडौं र दाङमा नयाँ संक्रमित पुष्टि भएको हो । दाङको गढवा–४ र ५ तथा तुल्सीपुर–७ का क्रमशः २३, ३४ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं सतुङ्गलमा पनि नयाँ संक्रमित भेटिएका छन् । सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको हो ।

उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । काठमाडौं, उदयपुर र वीरगञ्जमा यसअघि पनि कोरोना पोजिटिभ भेटिएका थिए । दाङमा भने पहिलो संक्रमित फेला परेका हुन् ।

नेपालमा भेटिएका कुल संक्रमितमध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म ३ संक्रमित भेटिएकोमा २ जना उपचारपछि फर्किसकेका छन् । नवलपुरमा बिहीबार संक्रमित एक पुरुषको भरतपुरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width