बागलुङमा आइसोलेसनमा रहेकी बिरामीको कोरोना परीक्षण नेगेटिभ

राजेशचन्द्र राजभण्डारी
जेठ २, २०७७
dt_200130_coronavirus_test_tube_800x450

धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण आशंकामा भर्ना गरिएकी ती महिलाको स्वाब परीक्षणपछि उनलाई कोरोना संक्रमण नभएको शुक्रबार पुष्टि भएको हो ।

गलकोट नगरपालिका–६, चरौदीकी ती महिलाको बिहीबार स्वाब लिइएको थियो । यद्यपि रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले बताए । उच्च ज्वरो र खोकी लागेपछि महिला अस्पताल उपचारको लागि आएकी थिइन् ।

धौलागिरि अस्पतालमा नेपालको पाँचौ र छैठौं कोरोना संक्रमित २ जना बिरामी महिला आइसोलेसन वार्डमा भर्ना गरी सफल उपचार पछि निको भइ यसअघि घर फर्किसकेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width