सरकारले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
कोरोना महामारीको कारण अर्थतन्त्रलाई ध्यानमा राख्दै विगतको तुलनामा फरक शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत हुने अपेक्षा छ ।
यसपालि स्वास्थ्य, रोजगारी सिर्जना, कृषि र विकास जस्ता कार्यक्रम प्राथमिकतामा परेको बताइएको छ । गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यक्रमलाई कम महत्व दिइनेछ ।
सरकारले पूर्ण बजेट नै ल्याउने गरी नीति तथा कार्यक्रमको खाका बनाएको छ।
संसद भवनमा सांसदबाहेक उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक नियोगका प्रमुखहरू, मुख्य सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी छन् । त्यस्तै राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका सचिव, गृह, अर्थ र रक्षा मन्त्रालयका सचिवमात्र सहभागी छन् ।
संसद्ले नीति तथा कार्यक्रम पारित गरेपछि सरकारलाई आगामी आवको लागि बजेट ल्याउने बाटो खुल्नेछ ।
Related News
सम्बन्धित समाचार
युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८