स्याङजामा युवा मृत फेला

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
Manaslu 02 03 Arkhet Khola and Shringi Himal

पोखरा, २ जेठ । स्याङजा पुतलीबजार नगरपालिका–११ बेलबास निवासी ३३ वर्षीय ईश्वर जिटी मृत फेला परेका छन् ।

जिटी पुतलीबजार नगरपालिका–१३ झापाकोट स्थित दरौ खोलाको किनारको पानीमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले शुक्रवार बिहान सूचना दिएसँगै प्रहरी टोली घटनास्थलमा पुगी उनको शव जिल्ला अस्पताल ल्याएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width