Worldlink ads

पौडी खेल्दा डुबेर बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
maxresdefault

फाइल फोटो

दमौली, २ जेठ । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads