गायककार रिजाललाई मातृशोक

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
GhanShyam Rijal Ama

स्याङ्जा । राष्ट्रिय लोककलाकार एवं गायककार घनश्याम रिजाललाई मातृशोक परेको छ । उनका आमा तोककुमारी रिजालको ७२ वर्षको उमेर निधन भएको हो ।

बुवा बितेको महिनादिनमै आमाको पनि निधन भएको छ । एक महिनामै आमा र बुवा दुबै गुमाउनुको दुखद पीडा रिजाल परिवारमा परेको छ । हृदयघातका कारण उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएको थियो । आमाको उपचारका क्रममा पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्याङ्जाको वालिङ् नगरपालिका वडा नं ४ एलादी निवासी रिजालका बुवा रिजालका बुवा खेमनारायण रिजालको ७८ वर्षको उमेरमा बैशाखमा मृत्यु भएको थियो । रिजालको बिहीवार पोखरा स्थित रामघाट स्थित सेती नदीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । रिजालका ३ छोरा र १ छोरी रहेका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width