कास्कीका दृष्टिविहिन कलाकारलाई संगीतकर्मी संघको राहत

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
news photo

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ ले श्रृजित विषम परिस्थितिमा समस्यामा परेका दृष्टिविहिन ४० जना कलाकारलाई राहत वितरण गरेको छ ।

राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै कोही संगीतकर्मी समस्यामा छन् भने अगामी दिनमा पुनः राहत वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए । कार्यक्रममा संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्कामा सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।

सो अवसरमा राष्ट्रिय संगीतकर्मी संघ कास्कीका सल्लाहकारहरु राजेश श्रेष्ठ, राजेन्द्र सापकोटा र कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा दृष्टिविहिन कलाकारले संगीतकर्मी संघको कामप्रति सम्मान व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width