सिमान्तकृत समुदायलाई विदेशबाट राहत

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
Rahat Distribution Begnas -Rupa

लेखनाथ । बेगनास र रुपाताल क्षेत्रका करिब ४ सय जना गरीब तथा सिमान्तकृत आदिवासी समुदायलाई बुधबार राहत वितरण गरिएको छ ।
सामाजिक विकासमा सक्रिय विकास बेल्जियम संस्थाको सहयोगमा पोखरा वडा ३१ कार्यालय र रुपागाउँपालिकाले करिब ८ लाख रुपैयाँ बराबरको राहत बाँडेको हो ।
सो क्षेत्रमा रहेका १ सय जना परिवार जलारी सहित स्थानीय मुस्लिम, दलित र ज्यालादारी मजदुरका लागि उक्त राहत बाँडिएको हो । यहाँका धेरैजसो रैथाने स्थानीयवासी आफ्नो जीवनयापनका लागि धेरैजसो प्राकृतिक स्रोतसाधनमा निर्भर रहने गरेका छन् । पछिल्लो समय जलवायु परिवर्तन र तीव्र भौतिक निर्माण तथा शहरीकरणले उनिहरुको जीविका पनि प्रभावित भइरहेको भन्दै यस्ता समुदायलाई राहतका लागि विशेष प्राथमिकता दिइएको विकास बेल्जियम सम्बद्ध उक्त राहत वितरण कार्यक्रम संयोजक पदमराज पौडेलले बताए ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विपन्न, गरीब तथा आदिवासी समुदायको अवस्थाप्रति सधैँ चनाखो र गम्भीर बन्न यस्ता कार्यक्रमले स्थानीय सरकारलाई समेत प्रेरणा प्रदान गर्ने बताए ।
राहत स्वरुप एक बोरा चामल, दाल, सोयाबिन, सावुन, तेल र नून लगायत सामग्री प्रदान गरिएको थियो । परिवारको संख्या र आर्थिक अवस्था आधारमा अहिले निर्धारित लकडाउन समय अवधि धान्ने गरी उक्त राहत बाँडिएको वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले बताए ।
कार्यक्रममा रुपा गाउँपालिका प्रमुख नवराज ओझा, पूर्व एसएसपी राजेन्द्र ढकाल लगायत सामाजिक कार्यकर्ता खड्गबहादुर केसी, सन्तोष भूर्तेल, अनिल पन्थी, धु्रव पन्थी, अपूर्ण ढकाल लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width