पोखरा | लुम्बिनी विकास बैंकले लेकसाइडमा विपन्नलाई लक्षित गरी ५० हजार बराबरको सामग्री सहयोग गरेको छ ।
कोभिड—१९ महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरको लकडाउनमा अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गरिएको हो ।
पोखरा ६ अन्तर्गत बैदाम आसपास क्षेत्रमा समस्यामा परेका विपन्न वर्गलाई बैंकले ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी चना, ५० लि. भट्टमास तेल र ५० पोका नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल र पूर्व अध्यक्ष तथा संस्थापक सुशीलराज पराजुलीले संयुक्त रुपमा वडाध्यक्ष जगतबहादुर पहारीलाई सो सामग्री हस्तान्तरण गरका हुन् ।
यस्तै, वडाध्यक्ष पहारीले बैंकले गरेको सहयोगले राहत मिल्ने बताए ।
त्यस्तै, सञ्चालक सिग्देलले बैंकले यसप्रकारको राहत बैशाखभर पोखरा १५ र १७ लगायत देशको विभिन्न स्थानमा गरिसकिएको बताए ।
लेकसाइड शाखाका शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले बैंकको ७ वटै प्रदेशमा उपस्थिति रहेको छ भने हाल देशभर ६८ शाखा कार्यालय मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी, राममाया बिक लगायत बैंकका प्रबन्धक प्रकाशचन्द्र पहारी र कर्मचारीको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८