‘ग्रिन जोन’ गण्डकीमा कोरोना

Bijay Nepal विजय नेपाल
जेठ २, २०७७
Prithvi-Subba-Gurung

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गत वैशाख १३ मा सीमित पत्रकार बोलाई गण्डकी प्रदेश अब कोरोनामुक्त भएको भन्दै ‘ग्रिन जोन’ घोषणा गरे । कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारपछि निको भइ घर फर्केको भोलिपल्ट उनले सो घोषणा गरेका थिए ।

उनले सो बेलामा गण्डकीका ११ वटै जिल्ला र यहाँका ८५ वटै पालिका कोरोनामुक्त रहेको भन्दै ग्रिन जोन भएको दाबी समेत गरे ।

त्यतिमात्र कहाँ हो र वैशाख २५ गते पोखरामा निर्माणाधीन एक पुल निरीक्षण गर्दै उनले प्रदेशभर विकास निर्माणका कामको पुनः सुचारु भएको सन्देश दिएका थिए । त्यसअघि नै प्रदे शले सुटुक्क छुट्टै लकडाउन कार्य विधि बनाई विकास निर्मा ण, उत्पादन र कृ षिका काममा जो ड दियो ।तर ग्रिन जोन भनिएको गण्डकीमा बिहीबार थप १ जनामा कोरोना संक्रमण भेटियो । नवलपुरको देवचुली नगरपालिका वडा–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको कोलकोटाबाट रक्सौल हुँदै नेपाल आएका उनको बैशाख ३१ मा भरतपुर प्रयोगशालामा परीक्षण गरिएको थियो।

उनी हाल भरतपुर कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा छन्। गण्डकी प्रदेशमा यसअघि २ जनामा कोरोना संक्रमण देखिएकोमा उपचारपछि घर फर्किसकेका छन्। उनीहरू दुबै बागलुङका हुन्। बेल्जियमबाट कतार एयरवेजमार्फत चैत ४ मा नेपाल आएका उनीहरूको स्वाब काठमाडौमा परीक्षण गरिएको थियो ।

गण्डकीका ११ जिल्लामध्ये नवलपुरको परीक्षण सहजताका हिसाबले चितवन हुँदै आएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अहिले भने देशभर लकडाउनलाई कडाइ गरिएको छ । कास्कीमा समेत बुधबार मध्यरातदेखि यसअघि जारी सम्पूर्ण खारेज गरी बिहीबारदेखि सुत्केरी, मलामी र बिरामीको लागि ई–पास उपलब्ध गराइने सूचना जारी गरिएको छ । बाहिरी जिल्लाबाट समेत यहाँ प्रवेशमा रोक लगाइएको छ ।

उता, गण्डकी प्रदेशअन्तर्गत गोरखामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ५ दिनसम्म पूरै शिलबन्दी गरिएको छ ।

भाइरस नियन्त्रण र ब्यवस्थापनसम्बन्धी जिल्लाको उच्चस्तरीय समितिले जेठ ५ गतेसम्म पूरै जिल्लामा आवतजावत रोक्ने निर्णय गरेको हो ।

जिल्ला प्रवेश गर्ने ५ वटा नाका पूर्ण रुपमा बन्द हुने समितिले जनाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि पूर्ण रुपमा बन्द रहने छन् । खाद्यान्न, तरकारी दुग्धजन्य पदार्थ बोक्ने गाडी पनि चल्दैनन् ।

जिल्लामा पर्याप्त खाद्यन्न भएकोले उक्त पसलहरु समय मिलाएर खोल्न छुट दिएको छ । अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ ।

जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘अरु क्षेत्रमा बढेको संक्रमणको आधारमा जिल्लामा त्रास बढ्दै गयो । आमजनताको चासोको विषय पनि भयो,’ उनले भने, ‘सबैसँग बसेर छलफल गर्दा बन्द गर्नुपर्ने सल्लाह आयो । त्यसैले शिल गर्ने अवस्थामा पुगेका हौं ।’

उनका अनुसार जिल्लाभर ३ महिनालाई पुग्ने खाद्यान्न स्टक छ भने तरकारी पनि स्थानीय स्तरबाटै पूर्ति हुन्छ । औषधी, खाद्यान्न, तरकारी र दानाको पसल बाहेक कुनै पनि पसल ५ दिनसम्म खुल्दैनन् ।

गण्डकीमा हालसम्म ७ सय ६७ जनाको नमुना संकलन गरिएको छ । जसमा ७ सय ३६ जनाको परीक्षण नेगेटिभ आएको छ । २९ जनाको परीक्षण नतिजा आउन बाँकी छ । अन्य २ जना संक्रमित बिरामी उपचारपछि निको भएका हुन् । लकडाउन खुकुलो हुँदा भने यहाँ लुकिछिपी आउने धेरै भए ।

यस्तै, गण्डकीमा हालसम्म ६ हजार ८ सय ४५ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको गण्डकी प्रदेश स्वासथ्इ निर्देशनालयका निर्देशक डा. विनोदविन्द शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग