नेपालका कमलले जिते, अनलाइन तेक्वान्दो च्याम्पियनसीप

आदर्श समाज सम्वाददाता
जेठ १, २०७७
Kamal Shrestha, Online Taequando Championship

पोखरा । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका छन् ।

फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् । सागका स्वर्ण पदक विजेता कमलले ७ दशमलव ६७ अंक ल्याएर पहिलो भएका हुन् ।

उक्त च्याम्पियनसीपमा नेपालकै जितबहादुर बोटे दोस्रो र नेपालकै प्रेमबहादुर लिम्बु तेस्रो भएका छन् । महिलातर्फ नेपालकी खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनिको उमेर समूहमा रजत जितेकी छन् । अमेरिकी खेलाडी भन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् ।

तेस्रो पटक घरेलु भुमीमै भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका थिए । पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा कमलले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

कमलले ८.२७० अंक ल्याउँदै सागमा स्वर्ण जितेका थिए । उक्त स्पर्धामा कमलसँग पराजित भारतका राहुलले ८.२०० अंक ल्याएका थिए । सोही स्पर्धामा श्रीलङ्काका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारेका थिए । निसाशङ्कासेले ८.०६० अंक बटुल्दै तेस्रो भएका थिए ।

त्यसअघि, कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारेका थिए । तामाङले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width