Worldlink ads

लकडाउनको समयमा वैशाखमा चोरी बढे

विजय नेपाल
जेठ १, २०७७
lockwon

कास्की जिल्लामा अघिल्लो महिनामा एउटा पनि चोरीको घटना नभएकोमा वैशाखमा ९ वटा चोरीको घटना भएको छ । कोराना भाइरस (कोभिड–१०) संक्रमण रोकथामका लागि सरकारले जारी राखेको झण्डै २ महिनादेखिको लकडाउनको दोस्रो महिनामा भने चोरीका घटना बढेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा गत चैतमा जिल्लामा चोरीका घटना शून्य रहेकोमा वैशाखमा भने ९ वटा चोरीका घटनाको मुद्दा दर्ता भएको जनाएको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले यस अवधिमा वस्तुस्थिति एवं प्रगति विवरण प्रस्तुत गर्दै लकडाउनले मानिसमा अभाव सिर्जना भएकोले पनि यसखालका आपराधिक क्रियाकलापमा मानिस फसेको हुन सक्ने बताए । उनका अनुसार विभिन्न आपराधिक क्रियाकलाप गरेको अभियोगमा चैतमा कुल ८५ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरका २२ मुद्दा छन् ।

यस्तै, दोस्रो स्थानमा झुण्डिई आत्महत्याका मात्र १० घटना भए भने चोरीका ९ मुद्दा दायर भएका हुन् । चोरीकै घटना माघमा १० र फागुनमा ५ भएका थिए ।प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीका अनुसार चोरीका घटनामा आरोपित सबैलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । चोरीमा ठूलो ठूलो चोरी नभए पनि सानो सानो प्रकारको चोरी देखिएको उनले बताए ।

यसैगरी, बैकिङ् कसुर ६, जुवाका ६, फुटकर ज्यान ५, जबर्जस्ती करणी ५, लागुऔषध ३, जबर्जस्ती करणी उद्योग २, बाल यौन दुरुपयोग १, ज्यान मार्ने उद्योग ४, कत्र्तव्य ज्यान २, पशुपंक्षी सम्बन्धी कसूर ३, जातीय छुवाछूत १, बोक्सीको आरोप १, भवितव्य ज्यान ४, गर्भ संरक्षणविरुद्धको कसूर १ छन् ।

यसरी अघिल्लो महिना तुलनामा फागुनमा ५० प्रतिशतले मुद्दा दर्तामा कमी आएकोमा चैतमा सत्प्रतिशत नै कमी थियो । यद्यपि बैशाखमा भने सत्प्रतिशत बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले चैतमा १६ सयलाई ट्राफिक कारबाही गरी १२ लाख ८० हजार राजश्व संकलन गरेकोमा वैशाखमा ४ सयमा कारबाहीवापत ३ लाख २७ हजार जम्मा गरेको छ । राजश्व संकलन गत फागुनमा बढी थियो । फागुनमा ६ हजार २ सयमा कारबाही गरिएकोमा ५० लाख ३ हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो ।

प्रहरीले पोखराबाट १ हजार ३५ जना विदेशी पर्यटकको उद्धार गरी आफ्नो देश पठाएको छ ।

प्रहरीका अनुसार लकडाउनका समयमा कास्कीमा १२ हजार ७ सय १८ वटा सवारीसाधन भित्रिएकोमा १४ हजार ५ सय १५ सवारीसाधन बाहिरिएका छन् । यस्तै ३२ हजार ६ सय २४ जना भित्रिएकोमा ४८ हजार ८ सय १७ जना मानिसले जिल्ला छोडेको विवरण संकलन गरेको छ ।

लकडाउन उल्लंघन गर्ने सवारीसाधनमध्ये चारपाङ्ग्रे ५७ र दुईपाङ्ग्रे २ सय ८६ सवारीसाधन हुन् ।

प्रहरीले बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र कास्की जिल्लाभर खाद्यवस्तु तथा अत्यावश्यक वस्तु बिक्री वितरणको लागि समय छुट्टाइएको छ ।

लकडाउनको समयमा पास दुरुपयोग गरी सवारी चलाउनेमध्ये २ सय ७३ लाई कारबाही गरिएको छ । कार्यालयले आफ्नै प्रहरी कर्मचारीलाई समेत विभिन्न विषयमा कारबाही गरेको जनाएको छ । जसमा ६३ जना कारबाहीमा परेका हुन् । उनीहरुमध्ये केहीलाई सचेत गराइएको, नसिहद दिइएको, ग्रेड घटुवा, ग्रेड रोक्का, सुरु स्केल घटुवा, दर्जा घटुवा, स्वतः निलम्बन लगायत छन् । यस्तै कार्यालय सहायकदेखि प्रहरी उपरीक्षकसम्म १ सय १९ जना प्रहरीलाई पुरस्कृतसमेत गरिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads