जिल्ला सदस्य अधिकारीलाई पितृशोक

आदर्श समाज सम्वाददाता
जेठ १, २०७७
late rabilal adhikari

हेमजा, १ जेठ । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारीलाई पितृशोक परेको छ ।

उनका बुबा नेकपा पार्टी सदस्य रविलाल अधिकारीको ८८ वर्षको उमेरमा बिहीवार विहान निधन भएको हो ।अन्नपूर्ण–२, सेराचौर निवासी अधिकारी पछिल्लो समय मृगौला तथा पिसावको समस्याबाट पीडित थिए ।उनको बिहीवारै हेमजा स्थित सेतीनदी घाटमा अन्तेष्टि गरिएको छ ।उनलाई छोराहरु गोविन्दप्रसाद, तुलाराम र होमनाथले दागवत्ती दिएका थिए।

उनको प्रार्थिव शरीरमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का नेता तथा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, प्रदेशसभा सदस्य रामजीप्रसाद बराल, पार्टीका जिल्ला सचिव बखानसिंह गुरुङ, पोखरा महानगरपालिका अध्यक्ष दीपक पौडेल तथा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्घाञ्जली दिएका थिए। अन्तेष्टिमा सामाजिक व्यक्तित्व, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि छिमेकी लगायत पनि सहभागी थिए ।

स्वः अधिकारीका जेठा छोरा तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी कानून व्यवसायी समेत हुन् । त्यस्तै माइला छोरा तुलाराम पार्टी सदस्य तथा पूर्व असई हुन्।साइला होमनाथ सईमा कार्यरत छन् भने कान्छा कृष्णप्रसाद हाल रोजगारीको सिलसिलामा भारतमा पूजारीको रुपमा काम गर्दै आएका छन् ।स्वः अधिकारीका श्रीमती, चार छोरा बुहारी, ३ छोरी ज्वाई, नाति ९, नातिनी ९, पनाति १ तथा नातिनी ज्वाई २ जना रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width