ब्यवसायीको समस्या प्रति सचेत हुदै लेउवा संघ

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
lekhnathcci

लेखनाथ, ३१ बैशाख । कोरना भाइसले निम्त्याएको लकडाउनका कारण उद्योग ब्यवसायीहरुको क्षेत्रमा पुर्याएको समस्या प्रति सचेत हुदै लेखनाथ उद्योग बाणिज्य संघले आवाज उठाइरहेकोे छ ।

संघले सोमवार विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका बीच छलफल गरी ब्यवसायीको हकहितका सवालमा समस्याको निराकरण गरी सम्वन्धित निकायमा आवाज पुर्याउन छलफल गरिएको हो ।ब्यवासयीहरुका समस्या प्रति संघले खेलेकोे भूमिका र कोभिड भाइरसका कारणले आगामी दिनमा पर्ने समस्याका बारेमा जानकार हुुन सुझाव दिदै ब्यवसायले भोग्नु परेका समस्याका बारेमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले लकडाउनको समयमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ जिम्मेवारी भएर अगाडी वढेको र आगामी दिनमा पनि संघ सहकार्य गरेर आगाडी वढ्न तयार रहेको बताउए । सोही अवसरमा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपीचन्द्र वास्तोलाले कोभिड भाइरसका कारण देशमा सुजित अवस्थालाई मध्यनजर राखी सरकारले दीर्घकालिन समस्याको समाधानका उपायहरुलाई अगाडि वढाउनु पर्ने सुझाव राखेका थिए ।

यसैबीच संघले आफना सल्लाहकार र पदाधिकारीहरु बीच छलफल गरि आफ्नै ब्यवसायी सदस्यका समस्या प्रति सचेत हुदै नेपाल सरकारसँग आवाज पुर्याउनु पर्ने सुझाव राखिएको थियो भने कृषिमा आधारित उत्पादन, र स्वदेशी वस्तु प्रयोग गर्ने उद्योगलाई प्रत्साहन गर्दै स्वदेशी उत्पादन र प्रयोगलाई विशेष प्रवद्र्धनमा लविङ गर्नु पर्ने जोड दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width