पोखरा, ३१ वैशाख । नेपाली काँग्रेस कास्कीका अगुवा नेता पोखरा–२८ झाझरमारे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले २०१७ सालमा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका थिए । २०२८ सालमा तत्कालीन कालिका गाविसको प्रधानपञ्च थिए ।
साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेका त्रिपाठीले लामो समय पार्टीको विकास र विस्तारमा योगदान पुर्याएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए । उनका तीन छोरा र तीन छोरी छन् । कीर्तिवल्लभ त्रिपाठी, विष्णुप्रसाद त्रिपाठी र शिवप्रसाद त्रिपाठी तीन छोरामध्य कीर्तिवल्लभ पर्यटन क्षेत्रसँग आवद्व छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पुर्याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्वन्धित पुस्तक प्रकाशित गर्ने तयारी भएपनि लकडाउनका लागि स्थगित भएको थियो ।
स्व. त्रिपाठीको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व सभापति यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बृजमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
यसैबीच, नेपाली काँग्रेस कास्कीले अगुवा नेता राजेन्द्रप्रसाद त्रिपाठी र सार्दीखोलाका क्रियाशील सदस्य प्रेमबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बागलुङमा ३ वर्षमा सवारी दुर्घटनामा ४० को मृत्यु
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१