मानव मिलन संस्था पोखराद्वारा स्वास्थ्य सामग्री वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
Manav Milan

पोखरा । मानव मिलन संस्था पोखराद्वारा फेदिखोला गाउँपालिकामा २० लिटर स्प्रे सेनिटाइजर वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माले गाउँपालिका अध्यक्ष धनश्याम सुवेदीलाई उक्त सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

राजदेवी ट्रेड कन्सर्न प्रा.लि.का सञ्चालक रुपेश दाहाल, ताओ इन्टरनेशनल वीरगञ्जका सञ्चालक शुभनारायण कलवार तथा नेकपा सदस्य प्रदेश २ का बावुराम कौशिकद्वारा १०० लिटर स्प्रे सेनिटाइजर संस्थालाई निःशुल्क उपलब्ध गराएका थिए ।

सो सहयोगका लागि यूवा नेता तथा मानव मिलन संस्था लेखनाथका सल्लाहकार गुरु बरालले समन्वय गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width