हातेमालो आमा समूहद्वारा राहत कोषमा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
20200513_090118

पोखरा, ३१ वैशाख । रुपा गाउँपालिकाले स्थापना गरेको राहत कोषमा वडा नम्बर ५ घिमिरेगाउँ स्थित हातेमालो आमा समुहले १५ हजार सहयोग गरेकाे छ ।

आमा समूह अध्यक्ष हरिमाया घिमिरेले गाउँपालिका अध्यक्ष नवराज ओझा , वडा अध्यक्ष टेक बहादुर गुरुङलाई रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण पछि गाउँपालिका अध्यक्ष नवराज ओझाले राहतकोषमा जनता र संस्थाको पनि भूमिका रहोस् भन्ने उद्देश्यले ५० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० लाख भन्दा बढी रकम जम्मा भएको बताए ।

गाउँपालिकाले लकडाउन पश्चात् हालसम्म २ सय भन्दा बढी बिरामीलाई उपचारका लागी निशुल्क एम्बुलेन्स सेवा मार्फत पोखरा पु¥याएको जानकारी अध्यक्ष ओझाले दिए । नियमित औषधि प्रयोग गर्ने ८ सय भन्दा बढी बिरामीलाइ नियमित औषधि घरमै उपलब्ध गराएको छ ।वडा अध्यक्ष टेक बहादुर गुरुङले सामाजिक दुरीलाई कायम राख्न आग्रह गरे । हातेमालो आमा समुहकी अध्यक्ष हरिमाया घिमिरेले गाउँपालीकाका सबै आमा समुहलाई सक्दो सहयोग गर्नका लागि आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width