संक्रमित पुगे २१७

रासस
वैशाख ३१, २०७७
17848 DOH Testing Lab

कोरोना भाइरस (कोभिड –१९)को संक्रमण मंगलबार राती फेरि २६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा मंगलबार पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गर्नुभयो।

यससँगै संक्रमितको २१७ जना पुगेका छन्। यसअघि मंगलबार नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो। मंगलबार मात्र संक्रमित ८३ भेटिएका छन्।

यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो। नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् । यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन्। नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो।

सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन्। यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ। सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width