पोखरा, २९ वैशाख । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सवारी पास अबदेखि रद्द हुने बताएका छन् । उनले भोलि (बुधबार) गृह मन्त्रालयसँग थप छलफल गरी नयाँ नियम बनाउने जानकारी दिए।
मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि सर्वसाधारणमा सन्त्रास फैलिएको छ । कोरोनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न गृह मन्त्रालयले पुनः एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गरिसकेको छ । कास्कीका प्रजिअ ढकालका अनुसार सम्बन्धित जिल्लाको प्रजिअको स्वीकृतिमा मात्र नयाँ पास बनाउन सकिने र पुराना पास रद्द गरिने सर्कुलर भएकोले कास्कीमा पनि नयाँ नियम बनाउनेबारे छलफलमा छौं।
जिल्लाभित्र आवातजावातमा कडाइ गर्नुपर्ने र जोखिम न्यूनीकरणका लागि सबैजनाले सहयोग गर्नुपर्ने उनको भनाइ छ । आदर्श समाजसँग कुराकानीमा उनले भने, ‘गृहको सूचना आइसकेको छ । हामीहरुले पनि भोलि गृहसँग आवश्यक छलफल गरी यसअघि कास्कीमा तय भएको मापदण्डमा पुनः नयाँ नियम बनाउँछौं । अर्को जिल्ला जाने गरी यहाँबाट जारी भएका सवारी पास रद्द भैसकेका छन्।’ समग्र गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित २ जनामात्र भेटिएकोमा उनीहरु समेत निको भइ घर फर्किसकेकोले प्रदेश सरकारले यसअघि नै ‘ग्रिन जोन’ घोषणा गरिसकेको थियो।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नै बोर्डरमा कडाइ गरी प्रदेशभित्र अत्यावश्यक कार्यालय संचालन एवं विकास निर्माण, कृषि तथा उत्पादन कार्यलाई सुचारु गर्ने कार्य सुरुवात भएको घोषणा गरिसकेका थिए । यद्यपि, मंगलबार पर्सा, कपिलबस्तु, रुपन्देही र बारामा गरी ५७ जना मानिसमा कोरोना संक्रमण भेटिएपछि यहाँ थप सचेतना अपनाउनुपर्ने देखिन्छ।
पर्सामा मंगलबार भेटिएका संक्रमितमध्ये १४ जना बागलुङमा काम गर्दै आएका मजदुर रहेको खुलेको छ । उनीहरु बागलुङबाट वैशाख १३ मा बस चढेर पोखरा हुँदै त्यसतर्फ गएका थिए । पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ मध्ये १४ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले पनि गण्डकीमा लकडाउन खुकुलो बनाउन नहुने र थप कडाइ आवश्यकता देखिन्छ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
hero news full width
मुख्य समाचार
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७देवचुलीमा पानीको हाहाकार
चैत्र २८, २०७७