नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को १६ औँ साधारणसभाले प्रकाशदेव पालिखेकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। मंगलबार अनलाइनको माध्यमबाट मञ्चको साधारण सभा सम्पन्न भएको हो। अध्यक्षमा सर्वसम्मत निर्वाचित पालिखे नेपाली युवा उद्यमी मञ्च पोखरा शाखाका पूर्व अध्यक्ष हुन्। उनी विगत १७ वर्षदेखि मञ्चमा रही काम गर्दै आएका छन्।
मञ्चको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा निकोलश पाण्डे, प्रथम उपाध्यक्षमा उदिप श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ऋतेष लामिछाने, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टर उपाध्यक्षमा सुमोद शैजू, लर्निङ चियरमा कुशल सुन्दर श्रेष्ठ, सदस्यमा पवित्रा गौतम, सारा जोसी, सुदिप घिमिरे र रीता श्रेष्ठ चयन भएका छन् ।
आदर्श समाजसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पालिखेले मञ्चका कार्यक्रमहरूलाई अझ व्यापक रूपमा बढाउने बताए। ‘अहिलेकाे असामान्य स्थितिमा हामी अनलाइन सिरिजहरू, इ लर्निङहरूलाइ प्राथमिकतामा राख्छाैं र युवा उद्यमीहरूलाई के कसरी सहयाेग गर्न सकिन्छ त्यसमा केन्द्रित रहन्छाैं’ उनले भने।
देशकाे आर्थिक विकासकाे निम्ति सरकार व्यवसायी, उद्यमीहरू प्रति उदार हुनुपर्ने उनले बताए। ‘सरकारले पनि व्यवसायी, उद्यमीहरूलाई पार्टनरकाे रूपमा हेर्नुपर्याे र हामीले पनि सरकारलाई के कसरी सहयाेग गर्न सकिन्छ त्यसमा काम गर्नेछाैं’ उनले बताए।
Related News
सम्बन्धित समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८