कावासोती । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले आज एक विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट अतिक्रमण गरेको सम्पूर्ण भूमि फिर्ता गर्नका लागि यस मुद्दालाई अन्तर्राष्ट्रिय करण गर्न सरकारसँग माग गरेको छ ।
देजमो नवलपुरका अध्यक्ष पीताम्बर तिवारीद्वारा जारी विज्ञप्तिमा भारतीय विस्तारवादी शासकहरुद्वारा हाम्रो देश नेपालको कालापानी क्षेत्रको भूमि अक्रिमण गरी हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरिएको भन्दै भारतीय पक्षलाई नेपाली भूमीदेखिपछि हट्न चेतावनी दिइएको छ ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले नेपाल सरकारलाई यसबारेमा तत्कालै मनन गरी सीमा अतिक्रमणको बिषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग समेत गरेको छ ।त्यसैगरी भारतीय हस्तक्षेपका बिरुद प्रर्दशनमा उत्रिएका बिद्यार्थी र आम जनसमुदाय माथि प्रहरीद्वारा गरिएको हस्तक्षेपको समेत देजमो नवलपुरले विरोध गरेको छ ।
त्यसैगरी राजावादी निकट मानिने शाही युवा शक्ति पार्टी नवलपुरले आज कावासोतीमा भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी सहित प्रर्दशन गरेका छन् ।उनीहरुले भारतीय सेना नेपाल छाड, नेपाल भारत सीमामा नेपाली सेना राख जस्ता नारा लगाएका थिए । कोरोना संक्रमणका कारण नेपाल भर लकडाउन भए पनि उनीहरुले लकडाउनको प्रभाव नगरी प्रदर्शन गरेका थिए ।कावासोतीको फलफूल चोकबाट शुरु भएको र्याली सभापति चोक हुँदै पुनः फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा शाही युवा शक्ति पार्टी नवलपुरका अध्यक्ष राजेश मैनालीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब
जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने
स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र
hero news full width
मुख्य समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८