बजार अनुगमन तीव्रताः दुई पसलमा सिलबन्दी

rss रासस
वैशाख ३०, २०७७
1479725130270_DS_MyagdiBeni_161121_beni-bazar

फाइल फाेटाे

म्याग्दी, ३० वैशाख । बजार अनुगमन टोलीले बेनीबजारमा दर्ताको उद्देश्य विपरीत सञ्चालित दुईवटा पसलमा सिलबन्दी गरी बन्द गराएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार न्यूरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिङ्खानी मासु पसल बन्द गराइएको हो ।

अनुगमनका क्रममा सो खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पूजा र शृङ्गारका सामग्री बिक्री गरेको र मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकामा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

ती पसलका सञ्चालकलाई उद्देश्यअनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ । निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् । हुलाकचोकबाट क्याम्पसचोकसम्मका खाद्यान्न पसलको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको बजार अनुगमनमा सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद गरेर नष्ट समेत गरिएको छ । यसअघि नमूनाको रूपमा थोरै सङ्ख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमशः अनुगमन गरिएको थियो । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुनसक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएका छन् ।

Related News

सम्बन्धित समाचार

    • फेरि भाउ बढ्याे डिजेल पेट्रोलको

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ४, २०७८
      पाेखरा ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य…
    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…

    hero news full width

    sanil ads

    wordlink ads