ब्यवसायीका समस्याबारे छलफल, स्वदेशी उत्पादन र प्रयोगलाई प्राेत्साहन गरिने

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
Lekhnath chamber of commerce

लेखनाथ,२९ बैशाख। कोरना भाईरस राेकथाम तथा नियन्त्रणका लागी गरिएकाे लकडाउनका कारण उद्योग ब्यवसायीलाइ परेकाे समस्याप्रति लेखनाथ उद्योग बाणिज्य संघले सोमवार विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका विच छलफल गर्याे।

छलफलमा काेराेना भाईरसका कारणले आगामी दिनमा पर्ने समस्याका बारेमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिईएको थियो। संघका अध्यक्ष बलराम ढकालले लकडाउनको समयमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ जिम्मेवार भएर अगाडी वढेको र आगामी दिनमा पनि संघ सहकार्य गरेर आगाडी वढ्न तयार रहेको बताए।

सोही अवसरमा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले काेराेना भाईरसका कारण देशमा सुजित अवस्थालाई मध्यनजर राखी सरकारले दिर्घकालिन समस्याको समाधानका उपायहरुलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए।

यसै बिच संघले आफ्ना सल्लाहकार र पदाधिकारीहरु पनि बिच छलफल गर्याे। छलफलमा कृषिमा आधारित उत्पादन र स्वदेशी वस्तु प्रयोग गर्ने उद्योगलाई प्राेत्साहन गर्दै स्वदेशी उत्पादन र प्रयोगलाई विशेष प्रबर्धनमा लविङ गर्नु पर्ने जोड दिईएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width